Banner News

शान्ति विश्वविद्यालय स्थापना गर्ने अन्तर्राष्ट्रिय सम्झौतालाई संसदको स्वीकृति



असोज ४, काठमाडौं ।  प्रतिनिधिसभाले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको बिहिबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ सर्वसम्मतिले स्वीकृत गरिएको हो ।

गृहमन्त्री थापाले विश्वमा शान्ति स्थापनाका लागि नेपालले अग्रणी भूमिका निर्वाह गर्दै आएको स्मरण गराउँदै त्यसका लागि ‘शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ पनि स्वीकार गर्नु परेको स्पष्ट पारेका छन  । उनले नेपालको शान्ति र राजनीतिक स्थायित्वलाई सुढुढ बनाउन पनि त्यो सम्झौता उपयोगी हुने  विश्वास पनि व्यक्त गरेका छन ।

 प्रतिनिधिसभाको अर्को बैठक आगामी मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।