समाचार

विद्यालय व्यवस्थापन समिति अध्यक्षको गोली हानी हत्या



असोज ४, सुनसरी । प्रदेश नम्बर १ सुनसरीको  हरिनगर गाउँपालिकामा रहेको विद्यालयका व्यवस्थापन समिति अध्यक्षकाे गाेली हानी हत्या भएको छ ।

भारतबाट आएको हतियारधारी समूहले  रौयान नेसनल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष मौलाना खुर्सिद अन्सारीको गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

दुई जनाकाे संख्यामा मोटरसाइकलमा आएका ती हतियारधारी समूहले उनको बिहिबार बिहान साढे ११ बजे गोली प्रहार गरी हत्या गरेका हुन् ।  हत्यापछि भागेका उनीहरुले सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ समेत गोली हानेर भागेको प्रहरीले जनाएको छ ।

गोली लागि प्रहरी जवान शिव पौडेल घाइते भएको बताइएकाे छ।