राजनीति

प्रतिनिधिसभाका विषयगत समितिका सभापतिहरुले लिए गोपनियताको सपथ



असोज ५, काठमाडौं ।  प्रतिनिधिसभाका  विषयगत समितिका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले १० वटै विषयगत समितिका नवनिर्वाचित सभापतिहरुलाई शुक्रबार दिउँसो सिंहदरबारमा पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

नवनिर्वाचित सभापतिहरुमा :

– लेखा समितिका सभापति भरतकुमार शाह
– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव
– महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल
– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदी
– अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला (खरेल)
– कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल
– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ
– अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल
– शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्ती
– विकास तथा प्रविधि समितीकी सभापति कल्याणी खड्का
यसरी सामूहिक रुपमा सभामुख महराबाट पद तथा गोपनियताको सपथ लिएका छन  ।

सपथ ग्रहण समारोहमा प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफे, पूर्व सभामुख सुवास नेम्वाङ, संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायतको सहभागिता रहेको थियो ।