असोज ५, एजेन्सी । अफ्रिकी देश तान्जानियामा डुंगा दुर्घटनामा ८६ जनाको मृत्यु भएको छ
तान्जानियाको लेक भिक्टोरियामा सयौं यात्रु बोकेको फेरी डुब्दा ८६ जनाको मृत्यु र २०० भन्दा धेरै बेपत्ता भएका छन । क्षमताभन्दा धेरै यात्रु बोकेको कारण फेरी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बिहीबार ४४ जनाको शव फेला परेको थियो भने शुक्रबार थप ४२ जनाको शव फेला परेपछि अहिलेसम्म ८६ जनाको मृत्यु भएको म्वान्जाका क्षेत्रीय कमिस्नर जोन मोङ्गोलाले पुष्टि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्