असोज ७, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा सांसद महेश बस्नेतले निकट भविष्यमा नै भक्तपुर जिल्लाको प्रवेश सुरुङ मार्गदेखि हुने र विदाई पनि सुरुङ मार्गदेखि नै हुने बताउनुभएको छ ।
सर्बश्री बचत तथा सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभाका क्रममा तीनकुने देखि जडिवुटी र पलासे देखि साँगा सुरुङ मार्गको डिपिआर गर्ने काम अघि वढिरहेको बताउनुभयो । विगतमा रानैतिक स्थीरताको लागि पटक पटक आन्दोलन भएको र अवका दिनमा आर्थिक समृद्धिको लागि उत्पादन तथा रोजगारीमुलक आन्दोलन गरी समान्तिको अन्त्य गर्दै सामाजिक रुपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘संसारको उत्कृष्ट संविधान मध्येको एक नेपालको संविधान हो । गास, वास, कपास, लेख्न, वोल्न, गोपनियता, सम्पत्ति सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगार, कानुनी लगायतका यावत कुराहरुलाई संविधानमा नै समेटिएको छ । त्यस्तैले मुलुकको मुख्य कार्यभार नै जनतालाई सुखि बनाई समृद्ध नेपाल निर्माण गर्ने हो ।’
सांसद बस्नेतले ग्रामिण इलाकामा वित्तिय पहुँच पुर्याउन एउटा मात्र विकल्प भनेको नै सहकारी भएको भन्दै सामान्तवादीको अवषेसको अन्त्यको मुख्य आधार सहकारी रहेको दावि गर्नुभयो । सहकारीको माध्यमबाट सम्पत्ति सुरक्षा तथा उद्योग सञ्चालन गर्न निर्विकल्प माध्यम बनेको भन्दै सहकारीका कारण सर्वसाधारण कसैसँग हेपिनु, अपमानित हुनु नपर्ने साथै गर्वका साथ सिर ठाडो पारी हिड्न पाउनुपर्ने वातावरण बनेको बताउनुभयो ।
वि.सं. २०५२ सालमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी ‘गाउँ गाउँमा सहकारी घरको एकजना रोजगारी’ भन्ने राष्ट्रिय नीतिका साथ अघि वढेको सहकारीले वर्तमान समयमा सरकारी, नीजि तथा सहकारीको सहकार्य नै आर्थिक समृद्धिको आधार भएको बताउनुभयो । त्यस्तै नेपालमा हाल सहकारीले पाँच लाख भन्दा वढीलाई रोजगारी दिएको समेत जानकारी गराउनुभयो ।
राष्ट्रिय गौरवका परियोजना समावेश गराउनुनै भक्तपुरको ऐतिहासिक सफलता भएको भन्दै सांसद बस्नेतले भक्तपुरमा तीनवटा स्मार्ट सिटी, उज्यालो राजमार्ग, सुरक्षित, सफा, जाममुक्त, ७ सय रोपनी जग्गामा सात सय सैयाको आधुनिक वीर अस्पतालको निर्माण, अन्तराष्ट्रिय स्तरको रंगशाला, सुविधा सम्पन्न सभागृह, प्राणी उद्यान केन्द्र, सुरुङ मार्ग, लगायतका राष्ट्रिय गौरवका आयोजना रहेको सांसद बस्नेतले बताउनुभयो ।
बालकोट देखि सूर्यविनायकसम्म अर्को नयाँ स्मार्ट सिटीको निम्ती सरकारले चार करोड रकम छुट्याएको र ग्रामिण पर्यटनको विकास, होम स्टे, प्याराग्याइडिङ, बन्जी जम्पिङ, करिडोर, सडक, पुल लगायतको विकास निर्माणका कार्यहरु तिव्र गतिमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अघि वढिरहेको बताउनुभयो । त्यस्तै सांसद बस्नेतले खानेपानी, विद्युत, सञ्चार, यातायात, स्वास्थ्य लगायतका समस्याबाट मुक्त भक्तपुर बनाएरै छोड्ने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो ।
कार्यक्रममा कविता थापा, लक्ष्मी न्यौपाने (ख), रिद्धि श्रेष्ठ, सम्झाना जाकीबन्जार, उद्धव थापा, मैया खड्का, प्रयोसा वाग्ले, रोहन खत्री, माईली चौगुठी, उद्धव प्रसाद वाग्ले, जीवनसारदा मधिकर्मी, राजेश लालुवा, दिपक नगरकोटी, भिमसेन जिसी, आत्मराम वाग्ले, नानीमैया नगरकोटी, लेखानन्द सन्जेल, अर्जुनराज खरेल, शोभा कार्की, राजेन्द्र खत्री, सम्साद आलम, सरस्वती ठिमी, तेजरत्न संैजुलाई सम्मान समेत गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्