असोज ७, काठमाडौँ । आइएमईले यस वर्षको पर्वहरु दशैं, दीपावली र छठलाई लक्षित गर्दै ‘दशैंमा बिस लाख’ योजनाको कार्यक्रम सार्वजनिक गरेको छ ।
यो योजना आज असोज ७ गतेदेखि शुरु भई मंसिर मसान्तसम्म लागू हुनेछ भने योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् ।
योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।










प्रतिक्रिया दिनुहोस्