राजनीति

प्रधानमन्त्री ओली युएई हुँदै अमेरिका प्रस्थान, नेपाली दूतावास युएईद्वारा स्वागत



असोज ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार बिहान युएई हुँदै न्यूयोर्कतर्फ प्रस्थान गरेका छन  ।

प्रधानमन्त्री ओलीलाई आइतबार बिहान नेपाली दूतावास युएईका कुटनीतिज्ञहरुको टोलीले आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो ।

ओलीको भ्रमण दलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन ।