असोज ८, काठमाडौँ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दिगो विकासको लक्ष्य पुरा गर्न विकृति र विसंगतिको विरुद्धमा सरोकारवाला निकायहरु एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।
‘कसैलाई पनि नछोड्ने – सवैलाई समेट्ने’ मुल नाराका साथ दुईदिने राष्ट्रिय अपाङ्ग महासंघ नेपालको ‘राष्ट्रिय युवा सम्मेलन २०७५’ मा बोल्दै मन्त्री विश्वकर्माले वर्तमान सरकार दृढतापूर्वक अघि वढिरहेको बताउनुभयो ।
नेपाली समाजमा रहेको पुरातन सोच र चिन्तनलाई बदल्न देशभर शसक्त अभियान नै सञ्चालन गर्नुपर्ने भन्दै एकातम्क सामन्तीवादीका कारण अपाङ्ग, दलित, जनजाती लगायतका समुदायहरु शोषण तथा उत्पिडनमा परेको बताउनुभयो । नेपालको संविधान अनुसार अपाङ्गता तथा अपाङ्गता नभएका व्यक्तिहरुलाई क्षमता तथा योग्यताको कदर गर्दै आर्थिक रुपान्तरणसँगै समतामुलक समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिको हकहितको संरक्षणका लागि वर्तमान सरकार पूर्वरुपमा प्रतिवद्ध रहेको बताउनुभयो । त्यस्तै उहाँले अपाङ्गता प्राकृतिक कुरा भएकोले संविधानले त्यस्ता वर्ग वा समुदायलाई सार्वभौम अधिकार सम्पन्न गराएको दावि गर्नुभयो । त्यस्तै उहाँले अपाङ्गता तथा सपाङ्गता समान भएकाले सवै नागरिकले अपाङ्गता भएकालाई आत्मासम्मानको वातावरण सिर्जना गरिदिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा युएनडिपीको नेपाल आवासीय संयोजक भेलरी जुलियनले अपाङ्गता र रोजगारी दिगो विकासको केन्द्र भएको बताउनुभयो । उहााले दिगोविकासले गरिविको अन्त्यसँगै न्यायोचित समाज निर्माण तथा समानताको लक्ष्य वोकेको बताउनुभयो ।
उहाँले विश्व स्वास्थ्य संगठन तथा वल्र्ड बैंकको सन २०१० को तथ्याङ्कका अनुसार विश्वमा एक करोड भन्दा वढी अपाङ्गता भएका व्यक्तिहरु हरेको जनाएता पनि विश्वमा करिव २० करोड भन्दा वढी रहेको दावि गर्नुभयो । त्यस्तै उहाँले अपाङ्गता भएका जम्मा जनसंख्यामा दक्षिण एसियाका करिव ८० प्रतिशत भन्दा वढी व्यक्तिहरु शिक्षा तथा रोजगारीबाट वञ्चित रहेको समेत बताउनुभयो ।
कार्यक्रममा महासंघका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता पहिचान गरी सरकारले उसको क्षमताको कदर गर्नुपर्ने बबताउनुभयो । राजनैतिक रुची भएका युवाहरुलाई मात्र प्राथमिकता दिने गरेको दुःखद् रहेको भन्दै समग्र युवाहरुले देशको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘काम गर्न आउनुहोस् भनेर मात्र नहुने र त्यसलाई व्यवहारमा लागु गर्नुपर्छ ।’
कार्यक्रममा महासंघको उपाध्यक्ष तथा युएनओमेनको सल्लाहकार टिका दाहालले कार्यक्रममा रोजगारी, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, लैङ्गिक हिंसाको अन्त्य, अपाङ्गता मैत्री संरचनाको निमार्ण जस्ता कुराहरु सरकारले व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै सरकारले सामाजिक सुरक्षाको ग्यारेन्टिको माग समेत गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्