समाचार

आफैले चलाएको बन्दुकको गोलीबाट मृत्यु



असोज ८, रोल्पा ।  रोल्पामा आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ  ।

रुन्टीगढी गाउँपालिका–६ डुब्रिङका ५१ वर्षीय कुलबहादुर विकले आफ्नै घरमा रहेको बन्दुकले आफैलाई गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ ।