असोज ९, तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँमा गाडी दुर्घटना हुदा २ महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका वडा न ४ की सरस्वती कुँवर र पहिचान नखुलेकी २७/२८ वर्षीया एक महिला रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा परी आठ यात्रु घाइते भएका छन् ।
पोखराबाट दमौलीतर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको बस र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे ४ मनहरीमा एकआपसमा ठक्कर खाएको हो ।










प्रतिक्रिया दिनुहोस्