राजनीति

प्रदेश नम्बर ७ को नाम र राजधानी राख्न संसदमा प्रतिवेदन पेस



असोज ९, कैलाली । प्रदेश नम्बर ७ को नाम ‘सूदुरपश्चिम’ र राजधानी गोदावरीमा तोक्न गएको सांसद तारा लामा तामाङको संयोजकत्वमा गठित संसदीय समितिले मंगलबार संसदमा प्रतिवेदन प्रस्तुत गरेको छ ।

सांसद लामाको संसदीय समितिले प्रदेश नम्बर ७ को नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरी नगरपालिका क्षेत्रलाई तोक्ने सिफारिससहितको प्रतिवेदन संसदमा पेस गरेको हो ।

प्रदेश सातको नाम खप्तड, महाकाली, दशरथ चन्द र सेतीमहाकाली राख्नुपर्ने आवाज उठेको थियो । तर समितिले पाँच विकास क्षेत्रको संरचना अनुसारकै सुदूरपश्चिमलाई नै प्रदेशको नाम राख्नुपर्ने सिफारिस गरेको हो ।