सम्पादकीय

पूर्वाञ्चल विश्वविद्यालयमा अनेरास्ववियु र नेविसंघद्वारा छुट्टाछुट्टै तालाबन्दी



कर्मचारी नियुक्तिमा अनियमितता गरेको भन्दै अनेरास्ववियु र नेविसंघले पूर्वाञ्चल विश्वविद्यालयमा छुट्टाछुट्टै तालाबन्दी गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीले एक महिनादेखि र नेविसंघले एक सातादेखि तालाबन्दी गरेका हुन् । कर्मचारी नियुक्तिमा धाँधली भएको भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारीले सेवा आयोग र उपकुलपति कार्यालयमा तालाबन्दी गरेका छन् । नेविसंघले भने उच्च तहका कर्मचारी नियुक्तिमा नातावाद लगाएको भन्दै उपकुलपति, रजिस्ट्रार, आर्थिक प्रशासन र सबै संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ ।