राजनीति

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने : के के छन् भ्रमणका कार्यतालिका ?



असोज १०, काठमाडौं । पाँचौँ पटक नेपाल भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर–जयनगर रेल्वे सेवा उद्घाटन गर्न जनकपुर आउने हुनुभएको छ ।

भारत सरकारको सहयोगमा मंसिरबाट सञ्चालन हुने जनकपुर–जयनगर रेल सेवाको उद्घाटन गर्न मोदी जनकपुर आउन लाग्नुभएको हो ।

भारतीय न्यूज एजेन्सी एएनआईका अनुसार राजकीय भ्रमणका लागि नेपाल आउन लागेका मोदी विवाहपञ्चमीको अवसर पारेर मंसिर १२ अथवा १३ गते आउने कार्यक्रम रहेको छ । मंसिर १२ गते विवाहपञ्चमीसमेत परेकाले त्यही अवसरमा भारतीय प्रधानमन्त्री मोदीले जनकपुर–जयनगर रेल्वे सेवाको समेत उद्घाटन गर्ने जनाइएको छ ।

यससँगै मोदीले भगवान बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण समेत गर्ने श्रोतले जनाएको छ ।