असोज १०, सिड्नी । अस्ट्रेलियाले नेपाललाई दुईवटा कंगारु उपहार दिने भएको छ ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको न्यू साउथ वेल्स राज्यको पहिलो औपचारिक भ्रमणका क्रममा नेपाललाई उपहार स्वरुप कंगारु दिने घोषणा भएको हो ।
मंगलबार र बुधबार भएको दुईदिने औपचारिक भ्रमणमा उक्त राज्यका गभर्नरसँगको भेटका क्रममा नपाललाई कंगारु उपहार दिने जानकारी दिइएको राजदूत शेर्पाले जानकारी दिइन् ।
नेपाल र अष्ट्रेलियाबीच कुटनैतिक सम्बन्ध स्थापित भएको ६० वर्षको अवसरमा २०२० मा नेपालबाट प्रधानमन्त्री स्तरको भ्रमण गराउने सोचाइ रहेको राजदूत शेर्पाको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्