असोज ११, काठमाडौँ । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल वास्कोटाले नेपालमा सूचना तथा मानवअधिकारको हक नै समृद्ध नेपाल सुखी नेपालीको सम्वाहक भएको बताउनुभएको छ ।
मिडिया एड्भोकेसी ग्रुप तथा युएन ओमेनको सयुक्त आयोजनामा ‘सूचनाको हक अभियान तथा सम्मान कार्यक्रम’का क्रममा मन्त्री वास्कोटाले सूचना सम्बन्धी वस्तुगत रुपमा छलफल हुनु नै कुनै पनि कार्यको पारदर्शिताको माध्यम रहेको बताउनुभयो ।
समृद्ध राष्ट्र निर्माणको लागि अधिकारको मात्र कुरा गर्ने तर कर्तव्यको कुरा नगर्ने गरेको गुनासो व्यक्त गर्नुभयो । त्यस्तै सामान्य कमि कमजोरीलाई पहाड बनाई प्रचार प्रसार तथा पहाड नै बनाई जनमानसमा नै नकरात्मक रुपमा सन्देश प्रवाह गर्न खोज्नु न्यायोचित नभएको बताउँदै वास्तविक कुरालाई वास्तविक र गल्तीलाई गल्ती भन्न सिक्नुपर्ने जिकिर गर्नुभयो ।
सूचना सहि तरिकाले प्रवाह भएमा देशमा आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कृषी लगायतका अनेकौं क्रियाकलापहरुको माध्यमबाट देश विकसित तथा परिस्कृत हुदै देशमा नै रोजगारी मुखी कार्यको शूरुवात हुने राष्ट्रिय सूचना आयुक्त प्रमुख कृष्णहरी वास्कोटाले बताउनुभयो । उहाँले सूचनाको हकका माध्यमले मानिसमा आत्मावल समेत वृद्धि हुदै जाने वताउनुभयो ।
राष्ट्रिय सूचना आयुक्त यशोदा तिम्सीनाले सूचनाको ज्ञान नहुनु मानव बेचविखन, बलत्कार, महिला हिंसा, लुटपात जस्ता अपराधिक कृयाकलापहरुको वृद्धि हुनुको मुख्य कारण रहेको दावि गर्नुभयो । मानिसले शैक्षिक योग्यता हासिल गरे पनि सूचनाको ज्ञान लिन नसक्नु दुःखद् रहेको भन्दै आयुक्त तिम्सीनाले नेपाली महिलाहरु कुनै कुराको वास्तविकता नबुझि कसैले भनेको भरमा त्यसको पछि लाग्नु नहुने बताउनुभयो ।
युएन ओमेनका प्रतिनिधि रचना भट्टराईले सूचनाको हक मानवअधिकारको आधारभुत अधिकार भएको र आगामि दिनमा नेपाल सरकारसँग पनि यस्ता प्रकारका कार्यहरु सहकार्य गर्दै जाने र सम्पूर्ण मानिसमा सूचनाको पहुँच वृद्धि गर्ने बताउनुभयो ।
म्यागको अध्यक्ष बविता वस्नेतले सूचना नै महिला शसक्तिकरणको मेरुदण्ड भएको बताउनुभयो । त्यस्तै उहाँले आफ्नो संस्थाले विगत लामो समयदेखि मानव वेचविखन, महिला हिंसा तथा सूचनाको हकका वारेमा कार्य गर्दै आएकाले आगामि दिनमा पनि संम्न्धीत निकायसँगको सहकार्यमा जनमुखी कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सूचनाको हक सम्बन्धी खोजी कार्य उत्कृष्ट गरे बापत रिना श्रेष्ठ, गोमा थापा र देवकुमारी पराजुलीलाई प्रतिव्यक्ति रु २५ हजारले सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्