समाचार

लायन्स अन्तर्राष्ट्रियको संयुक्त परिचय तथा पदस्थापन कार्यक्रम सम्पन्न



असोज १२, काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय ३२५ बि १ को रिजन ४० अन्र्तगत जोन ५९, ८२, ८३ र ८४ को संयुक्त परिचय तथा पदस्थापन कार्यक्रम मंगलबार भव्यरुपमा मण्डला पार्टी प्यालेस तिनकुने काठमाण्डौमा सम्पन्न भएको थियो ।

१०३ वर्षको अन्तराष्ट्रिय इतिहास बोकेको सामाजिक अन्तराष्ट्रिय संस्था नेपालमा १९७१ स्थापना भएको थियो हाल नेपालमा ४ वटा डिष्ट्रिक छन र त्यसमा पनि अब्बल र संसारकै ३२५ बि १ को १५ वटा लायन्स क्लब र ३ वटा लियो क्लबको संयुक्त कार्यक्रममा प्रमुख अतिथी अन्तराष्ट्रिय लायन्स क्लब फाउण्डेशनका एरिया लिडर लायन बालकृष्ण बुर्लाकोटी, डिष्ट्रिक गर्भनर लायन असोक कुमार श्रेष्ठ, फ्रष्ट लेडी, राम शोभा श्रेष्ठमल्टीपल जि.एल.टीको कोअडिर्नेटर लायन राजन लम्साल, प्रmष्ट भाइस डिष्ट्रिक गर्भनर लायन इन्दु लम्साल, द्धितिय भाइस डिष्ट्रिक गर्भनर मनबहादुर रोक्का, पूर्व डिष्ट्रिक गर्भनर लायन धनराज आचार्य, भुगोल सेयरचन युक्त प्रसाद श्रेष्ठ लगायत विभिन्न तहका लायन लिडरहरुको उपस्थिती थियो भने सभापतित्व लायन टेन सि. लामाले गर्नु भएको थियो ।

रिजन ४० का रिजन चेयरपर्शन लायन पवन कुमार थापाले कार्यक्रम संचालन गर्दै उहाँ अन्र्तगतका जोन ५९ का जोन चेयरपर्शन लायन रोमीराज्यलक्ष्मी शाह, ८२ का लायन समिर श्रेष्ठ, ८३ का लायन श्रीषा पौडेल र ८४ का लायन टेन सि लामालाई हार्दिक धन्यवाद दिदै यो ऐतिहासिक संयुक्त परिचय तथा पदस्थापन कार्यक्रम १५ वटै क्लबलाई धन्यबाद नदिई अपुरो रहने भन्दै लायन्सको सामाजीक इतिहासमा नौलो आयम थपिने छ र Living by Giving भन्ने नारा सार्थक हुने बताउँदै लायन्स क्लब टेम्पल पिस काभ्रे, काभ्रे धुलिखेल, काठमाण्डौ लिभिङ्ग, काठमाण्डौ माउण्ट एभरेष्ट , काठमाडौँ ठमेल, काठमाडौँ एकता परोपकार, नुवाकोट भैरवी, रसुवा लाङ्गटाङ्ग, काठमाण्डौ धरहरा सेन्ट्रल, काठमाण्डौ योङ्ग स्टार, काठमाण्डौँ धरहरा हेरिटेज, काठमाण्डौँ टि.कपन, काठमाण्डौ टेम्पल सिटी, र काठमाण्डौँ स्वयम्भुनाथ संगै ३ वटा लियो क्लबहरु काठमाडौँ टेम्पल पिस काभ्रे र काठमाण्डौँ टि.कपन र काठमाण्डौँ टेम्पल सिटीलाई ४ वटै जोन र रिजनबाट हार्दिक धन्यवाद भन्दै कार्यक्रमको स्वागतमन्तव्य जान चेयर पर्शन लायन रोमी शाहले सम्पूर्ण लायन्समा उत्साह बढाउनुभएको थियो ।

उक्त अवसरमा लायन राम बसेलले डिष्ट्रिकका कुरा र योजना बताउनु भएको थियो भने द्धितिय भाइस डिष्ट्रिक गर्भनर ला. मनबहादुर रोक्काले नेपालमा लायन्सको प्रस्तुती र हाल गरेका उल्लेखनीय कार्य मध्ये भुकम्प पिडित, राहत वितरण, मेडिकल सामग्री, लत्ताकपडा र शैक्षिक क्षेत्रमा लायन्सको भुमिकाबारे चर्चा गर्नु भएको थियो ।

मल्टीपल डिष्ट्रिक जि.एल.टी कोओर्डिनेटर ला. राजन लम्सालले हामी सधै समाज र राष्ट्रपति उत्तरदाई भई सेवाग्रही भावना र हातहरु फैलाउन सक्ने यो सभामा सम्पूर्ण लायन्स लिडहरुलार्य बधाई दिनु भयो । उक्त कार्यक्रमका प्रमुख अतिथी ला. बालकृष्ण बुर्लाकोटी, LCIF Area Leader जस्ले बि. १ लाई अन्तराष्ट्रिय जगतमा नंम्बर १ बनाउन सफल व्यक्तित्व उहाँले कार्यक्रमका प्रशंसा गर्दै रिजन ४० रिजन चेयरपर्शन ला. पवन कुमार थापाले १८ वटा क्लबको संयुक्त कार्यक्रम गर्दा जुन लायन्सको एकता छ त्यसको नमुना हो र आउँदा दिनमा अझ लायन्स साथिहरुले गर्भनरको Living by Giving  लाई मुर्तरुप दिन कुनै कसर राख्नु नहुने बताउनुभयो ।

कार्यक्रममा ४ वटै जोनचेयर ला. रोमी राज्यलक्ष्मी शाअ, ला. समिर कोजु, ला. श्रीषा पौडेल, ला. टेन सिं लामा र रिजनख चेयर ला. पवन कुमार थापालाई बधाई दिनु भएको थियो ।

कार्यक्रममा रसुवा लाङ्गटाङ्गलाई चार्टर हस्तान्तरण  गरिएको थियो । लियो क्लब टेम्पल पिस काभे्र र टि. कपनको उद्धघाटन समेत भएको थियो । नृत्य, जादु र प्यारोडीले बिचबिचमा दिइएको प्रस्तुतीले अझ कार्यक्रम रोचक बनाएको थियो । गर्भनर लाअसोक कुमार श्रेष्ठको फरक क्षमता राख्ने व्यक्तिहरुका लागि बि. १ ले ल्याएको योजना अनुसार १५ वटै लायन्स क्लबहरुले मायाको चिनो स्वरुप हुईल चियर दिई कार्यक्रमभव्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।