स्वास्थ्य

औषधि व्यवस्था विभागद्वारा औषधि पसलमा शिलबन्दी



असोज १२, गुल्मी । औषधि व्यवस्था विभागले गुल्मीका दुई वटा औषधि पसलहरुमा शिलबन्दी गरेको छ ।

औषधि व्यवस्था विभागका प्रतिनिधिको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले गुल्मीको रुरु गाउँपालिका अन्तर्गत रिडी बजारका पपुलर मेडिकल हल र जीवन मेडिकल हलमा शिलबन्दी गरेको हो ।

अनुगमन टोलीले औषधि व्यवस्था विभागको निर्देशिका अनुसार औषधि पसलहरु संचालन नगरेको फेला पारेपछि  पसलमा शिलबन्दी गरिदिएको हो ।