समाचार

प्रिमियर लिग एपीएलको दोस्रो संस्करण आजदेखि



असोज १२, काठमाडौं ।  सर्वाधिक पुरस्कार राशीको क्रिकेट प्रतियोगिता अर्घाखाँची प्रिमियर लिग (एपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुने भएको छ ।

अर्घाखाँचीको सन्धिखर्क टुडिखेल मैदानमा  दिउँसो २ बजे एक भब्य औपचारिक समारोहका बीच प्रतियोगिताको उद्घाटन हुने एपीएलका संयोजक तथा आयोजक जनाएको छ ।

प्रतियोगिता लिग सिस्टममा २०–२० फर्मेटमा खेलाइने र चार टिमको सहभागिता रहनेछ । उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाख ५ हजार र द्वितीय हुने टिमले नगद रु. ५५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।