Banner News

सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई तालिम दिन्छ : मन्त्री पण्डित



असोज १२, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले स्थानीय तहका जनप्रतिनिधि र परिचालित कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न लागेको बताएका छन  ।

शुक्रबार ललितपुरमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २५ औं वाषिर्कोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले काम गर्नै नसक्ने अवस्थामा रहेका स्थानीय तहलाई आवश्यक तालिम दिनका लागि तयार रहन पनि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिएका छन ।

मन्त्री पण्डितले ‘सुकेनास’ जस्ता रोग लागेका आफू मातहतका सरकारी निकायलाई चुस्तदुरुस्त बनाएर काममा तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन ।