असोज १२, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल र भारतका पेट्रोलियम तथा प्राक्रितिक ग्यास मन्त्री देवेन्द्र प्रधानबीच शिष्टाचार भेटवार्ता भएको छ ।
कार्यबहाक प्रधानमन्त्री पोखरेलसँग शुक्रबार बिहान सिंहदरबारमा भारतका पेट्रोलमन्त्री प्रधानले शिष्टाचार भेटवार्ता गरेका छन ।
शिष्टाचार भेटवार्तामा भारतीय मन्त्री प्रधानले मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाइपलाइन बिस्तारको काममा ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरेका छन । मन्त्री प्रधानले ग्याँस ढुवानीमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
भेटमा दुवै मुलुकको आपसी हितका अन्य विषयमा पनि कुराकानी भएको कार्यवाहक प्रधानमन्त्री पोखरेलको निजी सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्