राजनीति

मलेसिया जाँदा पैसा तिर्नु पर्दैन, श्रम सम्झौतामा सहमति



असोज १२, काठमाडौं ।  नेपाली कामदारको लागत रोजगारदाताले नै बेहोर्ने सहमति सहित नेपाल र मलेसियाबिच दुई पक्षीय सम्झौता भएको छ ।

मलेसियाको पुत्राजयमा सम्पन्न नेपाल र मलेसियाका उच्च अधिकारीबीचको छलफलबाट श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिइएको हो । नेपालको मुख्य चासोको रुपमा रहेको नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै लागत मलेसियन रोजगारदाताले ब्यहोर्ने सहमति भएको छ ।