असोज १३, काठमाडौँ । काठमाण्डौं अपाङ्गता भएका बालबालिकाहरुको गुणस्तरिय शिक्षाको विषयमा काठमाण्डौंमा एक छलफल कार्यक्रमको आयोजना गरियो ।
राष्ट्रिय शारीरिक अपाङ्ग संघको आयोजना तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको सहयोगमा सम्पन्न भएको उक्त सुझाब संकलन कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाको अवस्था, चुनौती र समाधानका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष कुमार भट्टराइले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा सहज रुपले पहुँच पु¥याउनको लागि अपाङ्गता भएका व्यक्तिहरु र उनीहरुको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सल्लाह सुझाब अनुसार काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
आयोजक संस्था राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले यो छलफलमा आएका सबै सुझाबहरुलाइ उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगमा प्रस्तुत गर्ने बताउनुभयो ।
नेपाल अपाङ्ग मानव अधिकार केन्द्र अध्यक्ष तारावदन सेँडाइले सबै प्रकारका अपाङ्गता भएका बालबालिकाहरुको खोजी अपाङ्गता अनुकुलको वतावरणमा शिक्षा प्रदान गर्नु पर्ने बताउनु भयो ।
सोही क्रममा नेपाल नेत्रहिन संघका निर्देशक नरबहादुर लिम्बुले स्थानीय निकाय स्तर देखि नै अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षा दिने क्रममा एक कम्प्यूटर एक ल्यापटपको नीति ल्याउनु पर्ने कुरामा जोड दिनु भएको थियो भने समानतका लागि आवाजकी अध्यक्ष रमा ढकालले प्रत्येक विद्यालयहरुलाई अपाङ्गताको बारेमा जनाकारी दिदै उनीहरु अनुकुलको शिक्षा प्रदान गर्नको लागि विशेष कार्यक्रम ल्याउनु पर्ने बताउनु भएको थियो ।
यसै खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालयका प्रधानध्यापक राघव दवाडीले अपाङ्गता पहिचानको लागि दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने बताउनु भएको थियो । सो छलफल कार्यक्रममा उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य चक्रमान विश्वकर्माले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता मैत्री वातावरणमा शिक्षा दिने व्यवस्थाको लागि काम गर्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्