असोज १३, काठमाडौं । ईण्डोनेशियामा शक्तिशाली भूकम्पपछि सुनामीमा परि ५० जनाको मृत्यु भएको छ ।
बिबिसीका अनुसार मध्य ईण्डोनेशियाको सुलावेसी द्वीपमा शुक्रबार गएको ७.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ५० जनाको मृत्यु भएको जनाएको छ ।
भूकम्पपछि करिब ६ फिट लामो सुनामी सुलावेसी द्वीपको पालू शहरमा पसेको थियो । तटिय क्षेत्रका बस्तीहरुमा सुनामीले बढी प्रभावित पारेको अधिकारीहरुले बताएका छन् । सुनामीबाट प्रभावित पालू शहरमा करिब ३ लाखको मानिसको बसोबास छ । त्यहाँ टेलिफोन सेवा समेत ठप्प भएको छ ।
प्रतिक्रिया दिनुहोस्