समाचार

प्रहरीमा भर्ना हुन चाहनुहुन्छ ? भर्ना खुल्यो ! कहिलेसम्म छ म्याद ?



असोज १५, काठमाडौँ । नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ ।

जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ । मानव स्रोत विकास विभागका अनुसार यो पदमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ । प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा ३० जनाको माग भएको छ ।

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सात वटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।

जवान पदको दरखास्त काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालयहरु तथा प्रदेश प्रहरी कार्यालयमा बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दरखास्त फारम असोज १८ देखि कात्तिक २९ गतेसम्म बुझाउन सकिनेछ ।