Banner News

सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर लिदैन : कार्यबहाक प्रम पोखरेल



असोज १५, काठमाडौं ।  कार्यबहाक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने  स्पष्ट पार्दै  उनले करसम्बन्धी सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन ।

कार्यबहाक प्रधानमन्त्री पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध  प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गरेका छन ।

सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले  स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धी अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन समेत दिएका छन ।