दसैँका लागि गाडीले पालो कुर्नु नपर्ने भएको छ। यात्रुहरुको चापलाई व्यवस्थापन गर्न दसैँ अवधिभर पालो नियम हटाइएको हो ।आजको नयाँ पत्रिकामा यो खबर छ ।
यातायात व्यवस्था विभाग, यायातात व्यवसायी र प्रहरीबीच सोमबार भएको छलफलमा दसैँको यात्रालाई सहज बनाउन सबै गाडीलाई यात्रु भरेपछि छुट्न दिने सहमति भएको छ। ‘कतिपय ठाउँका यात्रुबस एक हप्तासम्म पालो कुरेर छुटे्ने गर्छन् ।
तर अब दसैँभर त्यसरी पालो कुर्नुपर्दैन’ महागरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ उपरीक्षक वसन्त पन्तले बताए । विगतजस्तो यसपटक व्यवसायीले नयाँ बस नहालेपछि दसैँको चापलाई लक्षित गरी पालो नबस्न पर्ने व्यवस्था मिलाईएको छ ।










प्रतिक्रिया दिनुहोस्