अर्थ

आयल निगमको मासिक घाटा १ अर्ब नाघ्यो



असोज  १६, काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर  एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ ।

नेपाल आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको हो ।

भारतीय आयल कर्पोरेशनले सोमबार पठाएको पछिल्लो मूल्यसूचीका आधारमा पछिल्लो १५ दिनमा मात्रै रु. ६४ करोड ५७ लाख घाटा भएको छ ।  पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ ४५ पैसा, डिजलमा चार रुपैयाँ ४३ पैसा खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिण्डर ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ ।