समाचार

बङ्गलादेश भैरहेको खेलमा आज नेपाल र ताजकिस्तान भिड्दै



असोज १६, काठमाडौँ । बङ्गलादेशको ढाकामा भैरहेको डिफेन्डिङ च्याम्पियन नेपाल बङ्गबन्धु गोल्डकपको पहिलो खेलमा आज ताजकिस्तानसँग  भिड्दैछ ।

नेपाली टोलीमा गोलकिपर विकेश कुथु, एलान न्यौपाने, विशाल श्रेष्ठ, डिफेण्डरमा दिनेश राजवंशी, देवेन्द्र तामाङ, कप्तान विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, मिडफिल्डरमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल बल, सुजल श्रेष्ठ, निराजन खड्का, तेज तामाङ र फरवार्डमा भरत खवास, विमल घर्ती मगर, नवयुग श्रेष्ठ तथा अन्जन विष्ट रहेका छन् ।

फिफा बरियतामा नेपालभन्दा निकै माथि रहेको ताजिकिस्तानविरुद्ध नेपाललाई जित निकाल्न चुनौतीपुर्ण छ । फिफा बरियतामा नेपाल १६० औँ स्थानमा छ भने ताजकिस्तान १२० औँ स्थानमा छ ।