राजनीति

नेपाली काङ्ग्रेसका सभापति देउवाद्वारा जितिया पर्वको शुभकामना व्यक्त



असोज १६, काठमाडौँ ।  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदी बहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन  ।

उनले  शुभकामना सन्देशमार्फत जितिया पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन  ।

विविधताले भरिएको हाम्रो समाजमा  जितिया पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउने काममा मार्गदर्शन गर्ने विश्वास व्यक्त गरेका छन ।