समाचार

काठमाडौंको बानेश्वर मीलनचोकमा रहेको संगम स्वीट्समा शिलबन्दी



असोज १६, काठमाडौं । काठमाडौंको बानेश्वर मीलनचोकमा रहेको रहेको संगम स्वीट्समा अखाद्य वस्तु विक्रि वितरण गरेको भन्दै सरकारले शिलबन्दी गरेको छ ।

 खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ता अधिकारकर्मीको संयुक्त टोलीले बानेश्वर क्षेत्रका पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा संगम स्वीट्सले प्रतिबन्धित केमिकल हाइड्रोसिल  कपडामा प्रयोग गरिने हाइड्रो ए वान केमीकल समेत मिठाइमा प्रयोग गरेको पाइएको विभागले जनाएको छ ।

यस्तै उत्पादन भएको मितिले ४ महिना प्रयोग गर्न मिल्ने कोकोनट पाउडर ६-७ वर्षदेखि प्रयोग गरिरहेको पाइएकोले  पसलको विक्रि वितरणमा रोक गरी शिलबन्दी गरेका छन