असोज १६ , काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय महासमितिले आन्दालेन गर्ने चेतावनी दिएका छन ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले सङ्घीय तथा प्रादेशिक शिक्षा ऐन नबनेसम्म अन्य ऐन तथा कानुन बनाउने र जारी गर्ने कार्य अविलम्व रोक्न स्थानीय तहलाई कडा निर्देशन दिन केन्द्रीय सरकारलाई आग्रह गरेका छन ।
महासंघका अध्यक्ष बाबुराम थापाले देशको विकासमा शिक्षकहरुको भूमिका अहम रहेको सुनाउँदै भने,’स्थिर सरकार बनेपछि शिक्षा नीतिमा पनि स्थिरता आउनुपर्ने हो । तर, सरकार गठन भएको ७ महिना प्लस भैसक्दापनि अहिलेसम्म शिक्षा नीतिमा कुनै ठोस उपलब्धी हाँसिल गर्न सकेन् ।
उनले भने मुलुकमा यतिवेला ५७ हजार शिक्षकहरुको दरबन्दी खाली रहेको छ । यसप्रति सरकारको गम्भीर ध्यान जाओस् । संविधानको धारा ७४ लाई ध्यानमा राखेर हाम्रो मागलाई सम्बोधन गरोस् । र, हामीलाई तेस्रो चरणको आन्दोलनमा जान नपरोस ।’










प्रतिक्रिया दिनुहोस्