सम्पादकीय

अप्रेसन गरेको २४ घण्टा नपुग्दै भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु



भरतपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

मंगलवार विहान नवलपरासीको अरुणखोलाकी ३० बर्षिय तुलसी मगरको मृत्यु भएको हो । अप्रेसन गरेको २४ घण्टा भित्रै सुत्केरीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक श्रीप्रसाद अधिकारीले जानकारी दिए । उनले गर्भवती महिलामा पल्मोनरी थोन्वोएम्वोलिजमको समस्या देखिएका कारण मृत्यु भएको बताए ।

यस्तो समस्या अप्रेसन गरेका विरामी, गर्भवती ,क्यान्सर लगाएतको रोगका विरामीलाई देखिने गरेको उनले बताए । सुत्केरीलाई सोमवार बेलुका १० बजेदेखी समस्या देखिएको र तत्काल आइसियूमा भेन्टिलेटर राखेर उपचार गरिएपनि बचाउन नसकिएको उनले बताए । समस्या देखिएको पाँच घण्टापछि सुत्केरीको मृत्यु भएको उनले जानकारी दिए । वच्चा भने शकुसल रहेको डा. अधिकारीले बताए ।