असोज १७, काठमाडौँ । आज बुधबार पनि सुनको मूल्य बढेको छ ।
मंगलबार ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार ९ सय रुपैयाँ बढेर तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी बुधबार तोलामा १५ रुपैयाँ बढेर ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्