असोज १७, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संविधानमा केही कमी भए संविधानबाटै समाधान गर्न सकिने बताउदै संविधान बाहिरबाट निकास ननिस्कने स्पष्ट पारेका छन ।
प्रदेश ५ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कुनै दलको नाम नलिई अझै पनि अधिकारको लडाई बाँकी छ भन्दै हिंड्नु गलत निश्कर्ष भएको दावी समेत गरेका छन ।
संविधानले सबै वर्ग, समुदाय, क्षेत्रका जनतालाई अधिकार सम्पन्न बनाइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले कतिपय दलले जनतामा भ्रम छरेर उत्तेजित बनाउने काम गरिरहेको बताएका छन ।
मुख्यमन्त्री पोखरेलले संविधानसभाबाटै राजतन्त्रलाई अन्त्य गरी गणतन्त्र ल्याएर असम्भवलाई सम्भव बनाएको उल्लेख गर्दै हरेक समस्याको समाधान संविधानभित्रैबाट खोजिनुपर्नेमा जोड दिएका छन ।
कन्चनपुर घटनामा अनुसन्धानमा हेलचेक्राई देखिएकाले सुरक्षा निकायप्रति आक्रोश पैदा भएको उदाहरण दिंदै अनुसन्धानमा इमान्दारिता देखाउन निर्देशन दिएका छन ।










प्रतिक्रिया दिनुहोस्