असोज १७, काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ३९ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
राष्ट्र बैंकले ३६२ दिने मुद्दती निक्षेपमा क, ख र ग बर्गका बैंक तथा वित्तिय संस्थामा यस्तो लगानी गर्न लागेको हो ।
बाणिज्य बैंकमा १ अर्ब ११ करोड ३७ लाख, राष्ट्रिय स्तरका बिकास बैंकमा २० करोड ८७ लाख र राष्ट्रिय स्तरका फाइनान्स कम्पनीमा ६ करोड ९६ लाख रुपैयाँ ३६२ दिने मुद्दती निक्षेपमा राख्न लागेको हो ।
बैंक तथा वित्तिय संस्थाले आफुले दिन चाहेको ब्याज र लिन चाहेको निक्षेप खुलाई आगामी शुक्रबार १ बजेसम्ममा नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभागमा पुग्ने गरी दरभाउपत्र फारम पेश गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्