Banner News

निर्मला हत्या प्रकरण : गृहमन्त्रीको राजीनामा माग्दै सिंहदरबार अगाडि प्रदर्शन



असोज १८, काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन  गरेका छन  ।

ब्यानर र पप्लेटसहित युवा युवतीहरुले गेट अगाडि नै बसेर धर्ना समेत बसी उनीहरुले नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा मागे गरेका छन।

यता नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएका छन  ।

बिहीबार गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार थापालाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनाललार्इ बर्खास्त गर्न माग गरेका हुन् ।