राजनीति

सांसद लामाको कान्तिपुर माथि आक्रोस : सत्य र तथ्य सूचना संम्प्रेषण गर्न आग्रह



असोज १९, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गिय संगठन अनेरास्ववियूको अध्यक्ष तथा सांसद नविना लामाले कान्तिपुर पत्रिका माथि कडा आक्रोस व्यक्त गर्नुभएको छ ।

उहाँले नेपाली जनताले सत्य तथा तथ्यपूरक समचार वा सूचना पाउनुपर्ने अधिकार भएकाले वास्तविक समचार संम्प्रषण गर्न आग्रह गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उक्त आक्रोस व्यक्त गर्नुभएको हो । उहाँले कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाई चाडो भन्दा चाँडो कानुनको दायरामा ल्याउनुपर्ने, देशमा भएको महँगी लगायतका विषय केन्द्रित भएको बताउनुभयो ।

उहाँको स्ट्याटस जस्ताको तस्तै ‘कांतिपुर जस्तो प्रोफ़ेसलन पत्रिकाले पनि सही न्यूज़ संप्रेषण गरेनन !!घटना निर्मला पन्तको अपराधीलाई छिटो पता लगाउ भन्ने बिषयम पुलिस प्रमुख केद्रित, महँगी लगायतको ज्ञापनपत्र लेखेको छ ! न्यूज़ फरक र अन्तै तीर मोड़न थलेको देखिछ खवरदर !!!! सही सुचना लेखन माग गदछौ र यो अधिकार हामी छ  !!!!