असोज १९, काठमाडौं । मोबाइल र सोसल मिडियाको प्रयोगमा नेपालले भारतीयलाई जितेका छन् ।
प्रतिशतका आधारमा भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् । आईडीआरसी, सीआरडीआईलगायतका संस्थाले गरेको सर्वेक्षणमा ७२ प्रतिशत नेपालीसँग मोबाइल फोन रहेको पाइएको छ । जबकी डेक्सटप कम्प्युटर र ल्यापटप प्रयोगकर्ता भने ५ प्रतिशतमात्र छन् ।
सर्वेक्षण गरिएकामध्ये सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता अर्जेन्टिनामा ९२ प्रतिशत रहेका छन् । जबकी नेपालको छिमेकी विशाल मुलुक भारतमा ६१ प्रतिशत जनतासँगमात्र मोबाइल छ । यो नेपालभन्दा ११ प्रतिशतले कम हो ।
नेपालमा ८० प्रतिशत पुरुष र ६५ प्रतिशत महिलाले मोबाइल प्रयोग गरिरहेको सर्वेक्षणले देखाएको छ । भारतमा भने ४३ प्रतिशत महिलाले मात्र मोबाइल प्रयोग गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्