सम्पादकीय

निर्मलाको नाममा युट्युब च्यानलहरूको व्यापार



बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

युट्युब च्यानलले निर्मलाका नाममा अन्धाधुन्दरुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ ।

घटनालाई तोडमोड गरेर युट्युब च्यानलमा राख्ने र पैसाकै लागि व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ ।