असोज २०, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा प्रदेशसभाका सांसद राजिव पहारीले विकृत मानसिकताको उपजका कारण विश्वमा नै बलत्कार तथा हत्याको अपराधिक कृयाकलाप वढ्दै गएकाले यस्ता प्रकारका जघन्य अपराधिलाई उहाँले कानुन परिवर्तन गरेर सकेसम्म फाँसीको सजाय नभए पनि आजीवन कारावास गर्नुपर्ने माग गर्नुभएको छ ।
आज पोखराको लेकसाईड डोजङ्ग १ ले आयोजना गरेको एक महिले तालिमको समापन कार्यक्रममा बोल्दै सांसद पहारीले यसता प्रकारका घटनाहरु सामाजिक अपराध भएकाले आगामी दिनमा महिलाले शारिरीक तथा सैद्धान्तिक रुपमा तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । पछिल्लो समय यस्ता प्रकारका घटनाहरु मादक पदार्थका कारण वढी मात्रामा हुने गरेको भन्दै सिकौ र सिकाऔं भन्ने मान्यतालाई आत्मसात् गर्दै आत्मासुरक्षाको लागि महिलालाई तालिमको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले देश र जनताको पक्षमा आफ्नो तर्फबाट जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाँले ९ वर्षिया बालिका श्रेया सुनारको बलत्कार पछि गरिएको हत्याका हत्यारालाई १२ घण्टा नवित्दै कानुनी दायरामा ल्याउन सफल भएको बताउनुभयो । उहाँले यस्ता सामाजिक अपराधका घटनालाई सरकारसँग जोड्नु नहुने समेत बताउनुभयो ।
उहाँले अपराधिक कृयाकलापहरुलाई निस्तेज पार्न तीनै तहको सरकारलाई आग्रह गर्दै आफ्नो तर्फबाट जस्तोसुकै साथ र सहयोग गर्ने प्रतविद्धता व्यक्त गर्नुभयो । सांसद पहारीले सम्पूर्ण नेपाली महिला दिदी बहिनीहरलाई समेत आत्मासुरक्षाका तालिमहरु निरन्तर रुपमा लिन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष पृतम कुँवर लगायतका अतिथिहरुले मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा ५० जना महिलाले निशुल्क रुपमा एक महिने तालिम लिएका छन् ।










प्रतिक्रिया दिनुहोस्