असोज २०, भक्तपुर । भक्तपुर जिल्लामै पहिलो पल्ट छहारी बचत तथा ऋण सहकारी संस्थाले एटिएम सेवा शुरु गर्ने तयारी थालेको छ ।
सूर्यविनायक नगरपालिका–४ गाम्चास्थित छहारीले आफ्ना सदस्यहरुलाई सेवा सुविधा बढाउँदै लाने सन्दर्भमा एटिएम सेवा शुरु गर्न लागेको हो । संस्थाको आठौं वार्षिक साधारण सभामा सहकारीका अध्यक्ष कृष्णहरी खड्काले एससिटी नेटवर्कसंगको सहकार्यमा एटिएम राख्न लागेको जानकारी दिदै एक डेढ महिनाभित्रमा एटिएम सेवा शुरु गर्ने बताउनु भयो ।
साधारण सभाको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापाले छोटो अवधिमै आफ्नै भव्य भवन बनाउँन सफल सहकारीले सदस्यको आर्थिक अवस्था सुधारगर्दै सामाजिक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याएकोमा प्रशंसा गर्नुभयो ।
उद्घाट समारोहलाई सम्बोधनगर्दै नगर प्रमुख थापाले सबै वडामा दुई करोडका दरले विकास वजेट पठाईएको उल्लेख गर्नुभयो । सडक, पुल निर्माण देखि विकासको मेरुदण्डका रुपमा रहेको शिक्षाको विकासमा नगरपालिकाले जोड दिएको बताउँदै नगर प्रमुख थापाले यसै वर्षदेखि सबै विकासका काम वैशाख मसान्त भित्र सक्ने दावी गर्नुभयो ।
सहकारीका अध्यक्ष कृष्णहरी खड्काको सभापतित्वमा सम्पन्न साधारण सभा उद्घाटनका अवसरमा सहकारी विज्ञ कैलाश भक्त प्रधाना, सूर्यविनायक नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उत्तम थापा, भक्तपुर अस्पतालका पुर्व अध्यक्ष एवं अरनिको माविका पुर्व प्राचार्य प्रेम बहादुर खड्का, जिल्ला सहकारी संघका महेश श्रेष्ठ, राष्ट्रिय सहकारी बैंक थिमिका प्रबन्धक सबिना श्रेष्ठ, चमेली साकोसका अध्यक्ष उद्धव प्रसाद चौलागाई, एससिटी नेटवर्कका प्रतिनिधि आईटी अफिसर रत्न शुन्दर हाईकु लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभाका अवसरमा असल ऋणी सुनिता भुजेल, असल नियमित वचत कर्ता सृजना श्रृष्ठ, असल दैनिक बचत कर्ता रति राजथला, खुत्रुके बचतमा स्मृति ढकाल, बाल बचतमा शुसान्त बस्नेत, समुह बचतमा सृजनसिल महिला समुहलाई सम्मानीत गरिएको थियो ।
त्यसैगरी २०७४ सालको एसईईमा सेयर सदस्यका छोराछोरी मध्येबाट सबै भन्दा बढी अंक ल्याउँने रिदेश शंखदेव र आयुशा खड्कालाई पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्