असोज २०, भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले सूनपा वडा नं. ९ स्थित काँक्रावारीमा नगरपालिकाकै सवैभन्दा ठूलो खेलमैदान बनाउने उद्घोष गर्नुभएको छ ।
आज बासुकी युवा क्लबको अयोजनामा भएको फुटवल प्रतियोगीताको उद्घाटनका क्रममा प्रमुख थापाले मुलुकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा देशको नामलाई उच्च बनाउने कार्य गरेको बताउनुभयो । नेपालको मात्र नभई विश्वको नै प्रतिष्ठाको विषय भएकाले यसको विकास नै अहिलेको अनिवार्य आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा सूनपा वडा नं. ९ का वडाध्यक्ष तथा प्रवक्ता उपेन्द्र केसीले खेलकुदलाई भव्य र सव्य रुपमा विकास गर्दै देश विकासमा जोड्ने बताउनुभयो । भक्तपुरबाट राष्ट्रिय टिममा आगामी केही वर्ष पछि समावेश गराउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना भएको प्रवत्ता केसीले बताउनुभयो । उहाँले पछिल्लो समय युवापंतिहरु कुलतमा लागेको बताउँदै खेलको माध्यबाट छुटाई विकास निर्माणको कार्यमा लगाउने समेत योजना रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद भक्तपुकरका अध्यक्ष दिलीप केसीले खेलकुदकै कारणले युवाहरुलाई अनुशासित बनाउँदै लैजाने बताउनुभयो ।
उक्त कार्यक्रम आगामी ३० गते समापन हुने प्रवक्ता केसीले जानकारी गराउनुभएको छ । उक्त कार्यक्रममा विजेताले एक लाख प्राप्त गर्नेछन् भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनेले ३५ हजार प्राप्त गर्ने प्रवत्ता केसीले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्