समाचार

यू–१८ महिला च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै



असोज २१, काठमाडौं । भुटानमा हुने  साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच भिड्दैछ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा हुने फाइनल खेल आज साँझ सात बजेदेखि सुरु हुनेछ । नेपालले सेमिफाइनलमा भारतलाई पेनाल्टी शुटआउटमा ३–१ गोलले हराउँदै बंगलादेशसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

बंगलादेश सेमिफाइनलमा घरेलु टोली भुटानलाई ४–० गोलले हराएर फाइनलमा पुगेको हो ।