असोज २१, काठमाडौँ । राष्ट्रिय सूचना आयुक्त किरण पोखरेलले जनताले निर्वाद रुपमा पाउने सूचनाको हक अधिकारको समान्य मानिसले राज्यलाई खवरदारी गर्ने माध्यम सूचनाको हक भएकाले सम्पूर्ण मानिस मन, कर्म र विचारले प्रेरित भएर लाग्नुपर्ने बताउनुभएको छ ।
आज नेपाल पत्रकार महासंघ, आदिवासी जनजाती समितिको आयोजनामा ‘सूचनाको हक र आदिवासी जनजाती पत्रकार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त पोखरेलले महा अभियानको क्रममा देशका छ वटा प्रदेशमा कार्यक्रम सम्पन्न भइसकेको र प्रदेश नं. २ मा आगामी दशैं पश्चता तुरुन्त कार्यक्रम गर्ने बताउनुभयो । उहाँले मानिसले सूचनाको हक प्राप्त गरेपछि तत्वीक रुपमा परिवर्तन हुनुपर्नेमा जिकिर गर्नुभयो । राष्ट्रिय रुपमा जनता जगाउने महाअभियान सञ्चालन गरिरहेको बताउनुभएको छ ।
उहाँले पूर्ण प्रेस स्वतन्त्रता पत्रकारको लागि मात्र नभई आम नागरिकको लागि पनि भएको जानकारी गराउनुभयो । लोकतान्त्रीक गणतन्त्रको स्थापना सँगै उत्पिडन र पिछडिएका वर्ग वा समुदायलाई राज्यको मूल धारमा ल्याउनु अहिलेको अपरिहार्य भएको बताउनुभयो । त्यस्तै उहाँले सूचनाको हक अधिकार सम्बन्धी पाठ्यक्रममा समेत समावेश गरिएकाले आगामी दिनमा नागरिक सूचनाको हकबाट बञ्चित हुनुनपर्ने दावि गर्नुभयो ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले मुलुकी ऐनले सूचनाको हक सम्वन्धी मानिसको अधिकारलाई वञ्चित गरेको भन्दै तत्काल सच्याउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले देश रर जनताको पक्षमा सरकारसँग महासंघ जहिले पनि काँधमा काँध मिलाई अघि वढ्न तयार रहेको समेत बताउनुभयो ।
जनजाती पत्रकार महासंघका अध्यक्ष द्वन्द गुरुङले सूचना दिनुपर्नु ठाउँका कर्मचारीले आफन्तावादको प्रयोग गर्ने गरेको दुखेशो व्यक्त गर्नुभयो । कार्यलयका प्रवक्ता समेतले वास्तविक सूचना दिनभन्दा लुकाउने मात्र कार्य गरी पूर्ण समाचार वन्ने प्रकृयालाई सफल हुन नदिने गरेको बताउनुभयो ।
पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य खिम घलेले आवज विहिनहरुको आवाज घन्काउने पत्रकार भएको बताउनुभयो । उहाँले मुलुकी ऐन सार्वजनिक हक हितको पक्षमा हुनुपर्ने बताउनुभयो । त्यस्तै उहाँले कुनै पनि प्रभावित व्यक्त वा समुदायले समय समाप्त भए पश्चात मात्र सूचना पाउने गरेकोले त्यसलाई प्रभावकारी ढंगले सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो ।
बरिष्ठ पत्रकार टिकाराम राईले संविधानमा विचार र अभिव्यक्तिको पूर्ण स्वतन्त्रता रहेको दावि गर्नुभयो । उहाँले स्थानीय स्तरका मुद्दाहरुलाई विशेष गरी उठान गरी केन्द्रिय स्तरमा लैजानुपर्नेमा पत्रकारले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार उजील मगरले पत्रकारहरु जिज्ञासु र खोजमुलक हुनपर्नेमा जोड दिनुभयो । पछिल्लो समय कार्यक्रम विशेष समाचार पर्याप्त आउने गरेता पनि खोजीमूलक समाचार कमै मात्रामा आउने गरेको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष टेकराज थामीले देश तथा विदेशमा खोजमूलक समचार संप्रेषण गरी राज्य वा सरकारलाई देश विकास र समृद्धिमा अघि वढ्न उत्प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले सर्वसाधारणलाई सूचनाको हक सम्बन्धी दिक्षित गर्नुपर्ने समेत बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्