असोज २१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।
शीर्ष नेताको कार्यव्यस्ताका कारण आइतबारको बैठक सोमबार बिहान सम्मका लागि स्थगित भएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
बैठक भोलि बिहान ८ बजेका लागि डाकिएको छ। अध्यक्ष प्रचण्ड र ओली दुवै राष्ट्रिय सभा गृहमा पत्रकार शुभशंकर कँडेलको पुस्तक विमोचन कार्यक्रममा रहेका छन्।










प्रतिक्रिया दिनुहोस्