असोज २२, एजेंसी । साउदी अरबको पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन् ।
साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए । साउदी सरकारका स्थापित आलोचक खसाेग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको आलोचक थिए ।
विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खसाेग्गी वाणिज्य दूतावास गएको र त्यहीँबाट मङ्गलबार वेपत्ता भएका थिए । खसाेग्गीसँग बिहेको छिनोफानो भइसकेकी महिला पनि उनीसँगै वाणिज्य दूतावास गए पनि उनलाई कार्यालयभित्र छिर्न नदिइएको बताइएको छ ।
खसोग्गीले इस्लामावादमा रहेर वासिङ्टन पोष्टका लागि पनि रिपोर्टिङ गर्दै आएका थिए । खशोग्गीका रोजगारदातामध्येका एक वाशिङटन पोस्टले उनको हत्या गरिएको सत्य भए त्यो जघन्य अपराध हुने र दोषीलाई दण्डित गर्नुपर्ने जनाएको छ ।
घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्