समाचार

सिरहाको छुट्टाछुटै स्थानमा पाँच जना लागूऔषधसहित पक्राउ



असोज २२, सिरहा। सिरहाको छुट्टाछुटै स्थानमा भारतबाट नेपाल पैदल रुपमा आउँदै गरेको अवस्थामा प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ ।

सिराहा नगरपालिका–७ स्थित ट्राफिक चोकबाट लागूऔषधसहित सिरहा गोलबजार नगरपालिका–१० निवासी २२ वर्षीय उमेशकुमार महतो र १३ वर्षीय कृपाकुमार महतोलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट लागूऔषध नाइट्रोभेट १५० ट्याब्लेट, नाइट्रोजन १०० ट्याब्लेट तथा फोटोबिन ५६ एम्पुल बरामद गरेको हो । त्यसैगरी प्रहरीले सिरहा नगरपालिका–२१ स्थित लकडिगोठबाट अबैध रूपमा भारततर्फ लाँदै गरेको २५ कार्टुन (सोफिया) मदिरा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा गए राति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार तामाङ, सोही ठाउँका २६ वर्षीय नागेश्वर चौधरी र ३१ वर्षीय रोहितकुमार चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाको साथबाट लागूऔषध फेनारगन ३७ ट्याब्लेट, डिअलेजप ३६ ट्याब्लेट र लुपिजेसिक ३७ ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।