असोज २२, काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र फेदी (थुम्लुङ) खोला हाइड्रोपावर कम्पनीबिच विद्युत खरिदबिक्रि गर्ने सम्झौता भएको छ ।
आज काठमाडौँमा भएको उक्त फेदीखोलामा उत्पादन गरिने ३.५२ मेगावटको विद्युत सम्झौता भएको हो । कुल लागत ६३ करोडमा निर्माण हुने उक्त सम्झौता प्राधिकरणका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिह र कम्पनीका अध्यक्ष चन्द्रप्रसाद वास्तोलाले हस्ताक्षर गर्नुभएको छ ।
कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिचो गाउँपालिकामा निर्माण गर्ने यो आजोजनाबाट उत्पादीत विद्युत अपर ईर्खुवा खोला जलविद्युत् आयोजना १४.५ मे.वा.को स्वीचयार्डसम्म ३३ के.भी . प्रसारण लाईन र त्यसपछि १३२ के.भी. प्रसारण लाइन मार्फत संखुवासभाको सितलपाटीमा बन्ने २२० के.भी . सवस्टेशनमा जोडिने कम्पनीका सञ्चालक रोशन बस्नेतले बताउनुभएको छ ।
यस आयोजनाले २०७९ फाल्गुन ३० गतेबाट व्यापारीक विद्युत उत्पादन गर्ने सञ्चालक बस्नेतले बताउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्