असोज २२, एजेंसी । भारतमा इन्धनको मूल्य वृद्धि भइरहेको छ ।
पेट्रोल र डिजेलको मूल्य आज सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु (८२.०३), नेरु (१३१.२५) र डिजेलको मूल्य भारु (७३.८२) नेरु (११८.११) पुगेको छ ।
मुम्बईमा पेट्रोलको मूल्य भारु ८७.५० र डिजेलको मूल्य भारु ७७.३७ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्