Banner News

उपराष्ट्रपति पुन र पोल्याण्डका राजदूत बुराखोस्कीबिच शिष्टाचार भेटवार्ता 



असोज २२, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन र पोल्याण्डका गैरआवासीय राजदूत आदम बुराखोस्कीबिच शिष्टाचार भेटवार्ता  भएको छ ।

सोमबार अपरान्ह उपराष्ट्रपतिको कार्यालयमा, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग पोल्याण्डका गैरआवासीय राजदूतले शिष्टाचार गरेका हुन् ।

भेटमा उपराष्ट्रपतिले पोल्याण्ड नेपालको असल मित्र राष्ट्र भएको बताए । उनले नेपाल र पोल्याण्डको सम्बन्धलाई जनस्तरसम्म विस्तार र प्रगाढ बनाउनुपर्नेमा जोड दिए । ‘पोल्याण्ड नेपालको असल मित्र राष्ट्र हो । नेपालले पोलिस सरकार र पोलिस जनतालाई महत्वपूर्ण सहयोगीको रुपमा लिंदै आएको छ,’ भेटमा उपराष्ट्रपतिले भने, ‘दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्दछ ।’

उपराष्ट्रपतिले भेटमा भूकम्पको बेला गरेको सहयोग, नेपाली विद्यार्थीहरुलाई दिइरहेको छात्रवृत्तिका लागि पोल्याण्डलाई धन्यवाद दिए । २०१८ को डिसेम्बरमा पोल्याण्डमा हुन लागेको वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सफलताको लागि शुभकामना दिए ।

उपराष्ट्रपतिसँगको भेटमा नेपालका लागि पोल्याण्डका गैरआवासी राजदूत आदम बुराखोस्कीले पोल्याण्ड र नेपालको सम्बन्ध समुमधुर रहेको बताए ।  राजदूतले पर्वतारोहणका लागि पोल्याण्डका धेरै पर्यटक नेपाल आउने गरेको बताए ।